काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।
आइतबार भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाएको थियो ।
योसँगै कर्णालीले २ जित र ५ हारसहित छैटौँ स्थानमा रहँदै दोस्रो सिजनको एनपीएललाई टुंग्याएको छ ।
साबिक विजेता जनकपुर बोल्ट्स अंक तालिकाको पुछारमा रहँदै एनपीएल टुग्याएको छ । जनकपुरले एक खेल मात्रै जित्न सक्यो ।


प्रतिक्रिया