एनपीएल क्वालिफायर १ : सुदूरपश्चिमविरुद्ध विराटनगरले बलिङ गर्दै

एनपीएल क्वालिफायर १ : सुदूरपश्चिमविरुद्ध विराटनगरले बलिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सले पहिले बलिङ गर्ने भएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलका निम्ति भएको टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए ।

यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ । हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।