फाइनल प्रवेशका लागि सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

फाइनल प्रवेशका लागि सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिए । उनले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए ।

मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे ।

ब्लिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई/दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक/एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।