यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । यूएईमा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

क्यानले मंगलबार नै अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

प्रतियोगिता यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ । दोस्रो खेल मंसिर २९ बंगलादेश र तेस्रो पुस २ मा अफगानिस्तानसँग रहेको छ ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् ।

प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।