एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै



काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल यूएईको सेभेन्स रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि शुरू हुनेछ ।

नेपालले दोस्रो खेल पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीको कप्तान अशोक धामी रहेका छन् । प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

हिजोदेखि शुरू भएको प्रतियोगितामा भारत र पाकिस्तानले विजयी शुरूआत गरेका छन् । भारतले आयोजक यूएईलाई २३४ तथा पाकिस्तानले मलेसियालाई २ सय ९७ रनले हराउँदै विजयी शुरूआत गरेका हुन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।