लुम्बिनीका कप्तान रोहित बने एनपीएल दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी

लुम्बिनीका कप्तान रोहित बने एनपीएल दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी

रोहिले पाए कार र बाइक, अरु क-कसले जिते पुरस्कार ?



काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

लुम्बिनीलाई एनपीएलको दोस्रो संस्करणको च्याम्पियन बनाउँदा अलराउन्ड प्रदर्शन गरेका रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले प्रतियोगिताका १० खेलमा बलिङतर्फ १० विकेट र ब्याटिङतर्फ २६७ रन बनाएका छन् ।

रोहितले एक थान ओमोडा–जाइको जे–५ कार पाए । यस्तै, प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका रोहिलते एक थान पल्सर मोटरसाइकलसमेत पाए ।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । शेर मल्लले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानले पनि एक थन पल्सर मोटरसाइकल प्राप्त गरे ।

रेडबुलले प्रदान गरेको ‘इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ भने सुदूरपश्चिमका बलर अभिनाश बोहरा चुनिए । अभिनाशले दुई लाख रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिता उत्कृष्ट खेलाडी बनेका लुम्बिनी लायन्सकै बलर रुबेल ट्रम्पलम्यानले ५ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा लुम्बिनीले आज सुदूरपश्चिमविरुद्ध ६ विकेटको जित निकालेको हाे ।