काठमाडौं । नेकपा एमालेको नेतृत्वका लागि टिम नै बनाएर प्रतिस्पर्धा हुने भएपछि वर्तमान अध्यक्ष ओलीको संस्थापन समूहलाई चुनौति दिन ईश्वर पोखरेल समूह पदाधिकारी टिम बनाउन जुटेको छ । ओलीबाट असन्तुष्टहरुलाई समेट्ने गरी टिम बनाउने तयारी रहेको बुझिएको छ । त्यसैले ओली प्यानल फाइनल भएपछि मात्र ईश्वर समूह सार्वजनिक हुनेछ । यद्यपि केही पद खाली राखेर ईश्वर समूहको पदाधिकारी उम्मेदवार सार्वजनिक भएका छन् ।
उम्मेदवारी दर्ता आज १० बजेबाट खुलेको छ । ‘ओएट एन्ड सी’ मा रहेको ईश्वर समूहका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
यस्तो छ प्रारम्भिक प्यानल
अध्यक्षः ईश्वर पोखरेल
उपाध्यक्षः अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र एक जना खाली राखिएको छ ।
महासचिवः सुरेन्द्र पाण्डे
उपमहासचिवः योगेश भट्टराई, दुई पद खाली छन् ।
सचिवः गोकुल बास्केटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, कृष्णगोपाल श्रेष्ठ र ठाकुर गैरे । सचिवमा ३ पद खाली छ ।
ईश्वर समूहले तत्कालका लागि यी नाम अघि सारेको हो । बाँकी रहेको पदमा ओलीबाट असन्तुष्ट रहेकालाई स्थान दिने नीति लिएको बुझिन्छ । दुईजना उपमहासचिव र चार जना सचिव पदमा ओलीबाट असन्तुष्टलाई स्थान दिने तयारी रहेको बताइएको छ ।
Read more: ओलीको टिमलाई च्यालेन्ज गरेको ईश्वर समूहको पदाधिकारीमा को–को ?

प्रतिक्रिया