काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाली टोलीको प्रारम्भिक बन्द प्रशिक्षण सोमबार हुनेछ । टोलीमा एनपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडी शेर मल्ल, भेट्रान विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् ।
प्रारम्भिक चरणको प्रशिक्षणमा पर्न सफल खेलाडीहरुमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह छन् ।
नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ । नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को टी–२० विश्वकप खेलेको थियो ।


प्रतिक्रिया