लौकही गोली घटना : पीडित र प्रशासनबिच पाँच बुँदे सहमति

लौकही गोली घटना : पीडित र प्रशासनबिच पाँच बुँदे सहमति



काठमाडौं । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा मध्यरातमा गोली लागेर रिक्सा चालकको मृत्यु भएको घटनामा स्थानीय प्रशासन र पीडित पक्षबिच पाँच बुँदे सहमति भएको छ ।

सहमति अनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाट ज्यान गुमाउनुभएका कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको घटना छानबिन गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो ।

बुधबार राति गोली हान्ने सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन गरेपछि बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको हो ।

सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्ने उल्लेख छ । मृतककी श्रीमती र छोरालाई जागिर लगाउने र काजक्रिया एवम् क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने छ ।