टी-२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक

टी-२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक



काठमाडौं । आइसिसी पुरूष टी-२० विश्वकप २०२६ मा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको हो ।

भारत र श्रीलंकामा माघ २४ देखि सुरू हुने टी–२० विश्वकपको दशौं संस्करणमा नेपालसहित २० टिमले भाग लिँदैछन् ।

२९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ । अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ । तेस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३ र तेस्रो खेल बंगलादेशसँग फागुन ५ मा हुनेछ । नेपालका सबै खेल मुम्बईको वाङखाडे रंगशालामा हुनेछन् ।