काठमाडौं । इटालीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको छ ।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको इटालीले १६.४ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
इटालीका सबै ब्याटर क्याच आउट भएका हुन् ।


प्रतिक्रिया