काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
सन् १९८८ मा काजी जाफर अहमद प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाको प्रभुत्व रह्यो ।
यी दुई महिला नेत्रीले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।बंगलादेशमा शेख हसिनाले देश छाडेको र खालिदा जियाको निधनपछि पहिलोपटक बिहीबार आमनिर्वाचन भएको थियो ।
शेख हसिनाको पार्टी आवामी लिगलाई यो निर्वाचनमा भाग लिन अनुमति दिइएको थिएन ।
त्यहाँको निर्वाचन आयोगले सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा आवामी लिगको भूमिका रहेको भन्दै यस्तो निर्णय गरेको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तारिक रहमानलाई त्यहाँको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)लाई ‘निर्णायक’ विजय दिलाएकामा बधाई ज्ञापन गरेका छन् ।
त्यसैगरी बंगलादेशका निम्ति अमेरिकी राजदूत ब्रेन्ट क्रिस्टेन्सेनले बिहीबारको निर्वाचनमा विजय दाबी गरेकामा बीएनपीलाई बधाई दिएका छन् ।
“बंगलादेशका जनतालाई सफल निर्वाचनका निम्ति र बंगलादेश नेसनलिस्ट पार्टी तथा तारिक रहमानलाई तपाईंहरूको ऐतिहासिक विजयका लागि बधाई,” क्रिस्टेन्सेनले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रतिक्रिया