दीपेन्द्रकाे अर्धशतकमा नेपालले दियाे वेस्ट इन्डिजलाई १३४ रनकाे लक्ष्य

दीपेन्द्रकाे अर्धशतकमा नेपालले दियाे वेस्ट इन्डिजलाई १३४ रनकाे लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनकाे लक्ष्य दिएकाे छ ।

भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायाे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए ।

यस्तै साेमपालले नटआउट २६ रन बनाए । विश्वकपमा नेपाली खेलाडीकाे याे पहिलाे अर्धशतक हाे ।

वेस्ट इन्डिजका जाेसन हाेल्डरले ४ विकेट लिए ।नेपाल खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगकाे खेलमा अर्धशतक बनाएका थिए ।

प्रतियाेगितामा नेपालकाे याे तेस्राे खेल हाे । नेपाल पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दाेस्राे खेलमा इटालीसँग १० विकेटले पराजित भएकाे थियाे ।

‘सुपर–एट’ मा पुग्ने झिनाे सम्भावना कायमै राख्न नेपाललाई याे खेल जित्नैपर्ने दबाव छ ।