स्कटल्यान्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

केहीबेरमै सुरु हुने खेलमा नेपाल पहिले बलिङ गर्ने भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

समूह ‘सी’मा अंकविहिन रहेको नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा छ ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।

यस्तै, तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको पराजय ब्यहोर्यो ।