काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको सुपर ८ को समीकरण पूरा भएको छ ।
पहिलो समूह चरणको खेलअन्तर्गत पाकिस्तान र नामिवियाबीचको खेल सकिएसँगै सुपर ८ को समीकरण पूरा भएको हो ।
बुधबार भएको खेलमा पाकिस्तान नामिवियालाई पराजित गर्दै सुपर ८ मा प्रवेश गरेको छ ।
समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ८ मा पुगेका छन् । यो समूहमा भारत र पाकिस्तानसँगै अमेरिका, नेदरल्यान्डस् र नामिविया थिए ।
त्यस्तै समूह बी बाट श्रीलंका र जिम्बाब्वे सुपर ८ मा पुगेका छन् । यो समूहमा रहेका अस्ट्रेलिया, आयरल्यान्ड र ओमान विश्वकपबाट बाहिरिएका छन् ।
नेपाल पनि रहेको समूह सी बाट वेस्ट इन्डिज र इङ्ल्यान्डले सुपर ८ मा स्थान बनाएका छन् ।यो समूहबाट नेपालसहित स्कटल्यान्ड र इटाली घर फर्किएका छन् ।
त्यसैगरी समूह डी बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा प्रवेश गरेका छन् । यो समूहमा दक्षिण अफ्रिका र न्युजिल्यान्डसँगै अफगानिस्तान, क्यानडा र यूएई थिए ।
सुपर ८ को समूह १ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे परेका छन् । भने समूह २ मा पाकिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलंका परेका छन् ।
सुपर ८ मा कुल १२ वटा खेल हुने छन् । भने, ती प्रतिस्पर्धाबाट चार टोली सेमिफाइनलमा पुग्ने छन् ।


प्रतिक्रिया