काठमाडौं । इरानी सरकारी सञ्चारमाध्यमले बहराइनस्थित एक अमेरिकी हवाई अखडाको ‘कमान्ड भवन’ नष्ट भएको दाबी गरेका छन् । तर, यसबारे अमेरिकाले कुनै टिप्पणी गरेको छैन ।
बीबीसीका अनुसार बहराइनमा रहेकाठमाडौं । इरानी सरकारी सञ्चारमाध्यमले बहराइनस्थित एक अमेरिकी हवाई अखडाको ‘कमान्ड भवन’ नष्ट भएको दाबी गरेका छन् । तर, यसबारे अमेरिकाले कुनै टिप्पणी गरेको छैन ।
बीबीसीका अनुसार बहराइनमा रहेको एउटा अमेरिकी हवाई अखडाको मुख्य कमान्ड मुख्यालय इरानी आक्रमणबाट ध्वस्त भएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् ।
इरानी रिभोलुसनरी गार्ड कर्प्ससँग आबद्ध ‘फार्स’ समाचार एजेन्सीले पोस्ट गरेको भिडियो फुटेजमा टाढाका लक्ष्यहरूमा रकेटहरूको लहर विष्फोट भइरहेको देखिन्छ ।
उक्त एजेन्सीले दाबी गरेअनुसार इरानी रिभोलुसनरी गार्ड कर्प्सको ड्रोन र क्षेप्यास्त्र आक्रमणले बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमान्ड र स्टाफ भवन नष्ट गरेको छ । इन्धन ट्यांकरहरूमा विष्फोट गराएको छ ।
यसअघि, बहराइनमा अमेरिकाद्वारा सञ्चालित एक नौसैनिक अखडाबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई मध्यपूर्वका अन्य एक दर्जन देशसहित बहराइन पनि तत्काल छोड्न आदेश दिइसकेको छ ।को एउटा अमेरिकी हवाई अखडाको मुख्य कमान्ड मुख्यालय इरानी आक्रमणबाट ध्वस्त भएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् ।
इरानी रिभोलुसनरी गार्ड कर्प्ससँग आबद्ध ‘फार्स’ समाचार एजेन्सीले पोस्ट गरेको भिडियो फुटेजमा टाढाका लक्ष्यहरूमा रकेटहरूको लहर विष्फोट भइरहेको देखिन्छ ।
उक्त एजेन्सीले दाबी गरेअनुसार इरानी रिभोलुसनरी गार्ड कर्प्सको ड्रोन र क्षेप्यास्त्र आक्रमणले बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमान्ड र स्टाफ भवन नष्ट गरेको छ । इन्धन ट्यांकरहरूमा विष्फोट गराएको छ ।
यसअघि, बहराइनमा अमेरिकाद्वारा सञ्चालित एक नौसैनिक अखडाबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई मध्यपूर्वका अन्य एक दर्जन देशसहित बहराइन पनि तत्काल छोड्न आदेश दिइसकेको छ ।

प्रतिक्रिया