सर्वाेच्च नेता छनोटको तयारीबिच आयो खामेनीका छोरा बाँचेको रिपोर्ट

सर्वाेच्च नेता छनोटको तयारीबिच आयो खामेनीका छोरा बाँचेको रिपोर्ट



तेहरान । इरानले नयाँ सर्वाेच्च नेता चयन गर्ने तयारी गरिरहेका बेला दिवंगत आयातोल्ला अली खामेनीका छोरा मोज्तबा खामेनी इरानमाथि भएका आक्रमणबाट सकुशल बचेको दुई इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

मोज्तबा खामेनी शनिबार इजरायली आक्रमणमा मारिएका अली खामेनीका दोस्रो छोरा हुन् । उनलाई इरानको सम्भावित आगामी सर्वाेच्च नेताका रूपमा हेरिएको छ ।

तर, मोज्तबा खामेनेई कहिल्यै पनि कुनै सरकारी पदमा निर्वाचित वा नियुक्त भएनन् ।

सन् २००८ को अमेरिकी कूटनीतिक केबलमा उनलाई शासनभित्र सक्षम र प्रभावशाली नेता तथा व्यवस्थापकका रूपमा व्यापक रूपमा हेरिने उल्लेख गरिएको थियो । सो केबलअनुसार, मोज्तबा भविष्यमा राष्ट्रिय नेतृत्वको कम्तीमा एक हिस्सामा पुग्न सक्ने व्यक्तिका रूपमा पनि मूल्याङ्कन गरिएको थियो ।