काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको इडेन गार्डेनमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको हो ।
फिन एलेनको सानदार शतकमा न्युजिल्यान्डले १६९ रनको लक्ष्य १२.५ ओभरमा भेट्टाएको हो ।
विश्वकपको १० औँ संस्करणमा सबैभन्दा कम बलमा शतकको रेकर्ड एलेनले बनाएका छन् । उनले ३३ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै शतकीय पारी खेले । ओपनर टीम शेफर्टले ५८ रन बनाएका थिए । रचिन रविन्द्रले १३ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि मार्को यान्सनले सर्वाधिक ५५ रन प्रहार गरे । डेवाल्ड ब्रेभिसले ३४ रन बनाए । यस्तै ट्राइस्टन स्टब्सले २९ रनको योगदान गरे । एडन मार्क्रमले १८ रन जोडे । क्विन्टन डी कक १० रनमा पेभिलियन फर्किए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका लागि म्याट हेनरी र कोल मेकोनी र रचिन रविन्द्र समान २ विकेट लिए । कोलले १ ओभरमा ९ रन दिएर २ विकेट लिएका थिए । हेनरीले ४ ओभरमा ३४ रन खर्चिँदै २ विकेट लिए ।
यस्तै रचिन रविन्द्रले ४ ओभरमा २९ रन खर्चिँदै २ विकेट लिएका थिए । लकी फर्गुसनले १ विकेटका लागि २९ रन खर्चिए भने जेमी निशमले १ विकेटका लागि ४२ रन खर्चिए ।
दक्षिण अफ्रिका भने हारसँगै विश्वकपबाट बाहिरिएको छ ।


प्रतिक्रिया