काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे बिहीबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । यो मुद्दामा यसअघि पनि पेसी चढे पनि पालो नआएर सरेको थियो । बिहीबार न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निराैलाको इजलासमा पेसी चढेको हो ।
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवापक्ष अदालत गएको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
खड्का अदालतको फैसलापछि मात्र आफ्नो रणनीति तय गर्ने बताउँदै आएका छन् । समानान्तर गतिविधि गरेर कार्यवाहक सभापति लेख्न थालेपछि उनलाई कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।
देउवापक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।


प्रतिक्रिया