काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् । संघीय संसदीय समितिका सभापतिमा उमेदवारीका विषयमा नेताहरूले छलफल गरिरहेका हुन् । सिंहदबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा छलफल जारी छ ।
बैठकमा कांग्रेसबाट महामन्त्री गुरुराज घिमिरे सांसदहरू भीष्मराज आङ्दाम्बे, अर्जुननसिंह केसी, मोहन आचार्य र योगेश गौचन सहभागी छन् ।
एमालेबाट सांसदद्वय गुरु बराल र पद्मा अर्याल र नेकपाबाट वर्षमान पुन र युवाराज दुलाललगायत नेताहरू सहभागी छन् ।
संसदीय समितिको सभापतिमा आज उम्मेदवारी दर्ता हुँदैछ । बैठकले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिमा उम्मेदवारी दिनेबारे निर्णय लिनेछ ।


प्रतिक्रिया