काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का डोटीबाट निर्वाचित हुन् ।
लेखा समिति सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय विपक्षी दलहरूले गरेका छन् । सत्ताधारी रास्वपाले पनि लेखा समिति सभापति प्रमुख विपक्षी दललाई दिने निर्णय गरिसकेको छ ।
योसँगै खड्का समिति सभापति बन्ने पक्का भएको छ ।


प्रतिक्रिया