काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी ससपेन्डेड भएकाे छ ।
हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी सर्च गर्दा अहिले भेटिँदैन । धेरैले फेसबुक ह्याक भएको आशंका गरे पनि रिपोर्ट भएर ससपेन्डेड भएको बुझिएको छ ।
श्रम संस्कृतिका उपमहासचीव समीर तामाङका अनुसार रिपोर्ट भएर फेसबुक ससपेन्डेड भएको हो । उनले भने, ‘रिपोर्ट भएर ससपेन्डेड भएको रहेछ । आइडीलाई फिर्ता ल्याउने कोसिस गरिरहेका छौं ।’


प्रतिक्रिया