एमालेका बराल र नेकपाकी शाहलाई मत दिन कांग्रेसको सर्कुलर

एमालेका बराल र नेकपाकी शाहलाई मत दिन कांग्रेसको सर्कुलर



काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको बैठकमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई मत दिन सर्कुलर जारी गरेको छ ।

कांग्रेसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेका गुरु बराल र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा नेकपा उम्मेदवारलाई मत दिन सर्कुलर जारी गरेको हो ।

दुवै समितिको निर्वाचन आज नै हुँदै छ ।