काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्चमा बहस जारी छ ।
शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ । अहिले विपक्षी तर्फका वकीलले बहस गरिरहेका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलासमा पुगेका छ्न् । अहिले टी ब्रेक भएको छ । टी ब्रेकपछि शर्मा र भुसालले बहस गर्ने छन् । साढे ३ सम्म विपक्षी वकीलको बहसपछि जवाफी बहस हुनेछ ।
हिजो रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए । जवाफी बहसपछि सम्भवत: आजै आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन् ।


प्रतिक्रिया