काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र खड्काबीच भेटवार्ता

काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र खड्काबीच भेटवार्ता



काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

आङ्देम्बे सर्वसम्मत दलको नेता चयन भएपछि खड्कालाई भेट्न सोमबार बेलुकी ५ बजे गल्फुटारस्थित निवास पुगेका हुन् ।

आङ्देम्बे सोमबार सर्वसम्मत काँग्रेस संसदीय दलको नेता चयन भएका थिए ।