काठमाडौं । मुग्लिन–काठमाडौं सडक खण्डमा निर्माण तथा मर्मतको काम भइरहेकाले आज साँझ ६ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्गहरूमा भने यातायात सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला र नाम्सी बेस क्षेत्र जोखिमयुक्त रहे पनि हाल सवारीसाधनहरू सञ्चालनमा छन्। मुग्लिन–पोखरा सडक खण्ड खुला रहेको छ भने डम्पिङ क्षेत्रमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।
त्यसैगरी नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौंडा, धार्के–सीतापाइला र आँबुखैरेनी–गोरखा सडक खण्डमा कुनै अवरोध नरहेको र यातायात सुचारु रहेको छ। हेटौंडा–काठमाडौं सडक खण्डमा भने केही समय सवारी जाम हुन सक्ने भए पनि आवतजावत सम्भव रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया