विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडपका क्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। शनिवार साँझ देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीमा दुई समूहबीच भएको झडपमा तिघ्रामा गोली लागेका घाइतेलाई उपचारका लागि विराटनगरस्थित अस्पताल लगिएको छ।
सीमाक्षेत्रमा भएको आपसी लेनदेनसम्बन्धी विवादका कारण झडप भएको प्रारम्भिक अनुमान गरेको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिइएको छ।
यसअघि गत १० साउनमा पनि देवानगञ्ज–३, कप्तानगञ्जमा झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।


प्रतिक्रिया