मैले ढोका नखोलेको भए सबै मारिन सक्थे: पाइलट स्मित

मैले ढोका नखोलेको भए सबै मारिन सक्थे: पाइलट स्मित


ग्लोब नेपाल
0
Shares

फ्लाईदुबईका पाइलट स्मित मछारले बुधबार भएको शंकास्पद अपहरणको प्रयासपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेका छन् । दुबईबाट इजरायलको तेलअभिव उडेको फ्लाईदुबईको विमानका पाइलट मछार कोपाइलटको हिंस्रक आक्रमणमा परेका थिए ।

अनेक जुक्ति लगाएर स्मितले विमानमा रहेका १७४ जना यात्रु बचाएका थिए । आफू गम्भीर घाइते भएर बाँच्नका लागि संघर्ष गरिरहँदा पनि ‘म अरू सबैलाई मर्न दिन चाहँदैनथे’ उनले भनेका छन् ।

‘त्यो क्षणमा, म आफ्नो ज्यान बचाउन संघर्ष गरिरहेको थिएँ,,’ मछारले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा भने,‘म लडेको थिएँ, म यति गम्भीर रूपमा घाइते थिएँ कि म भुइँमा लडेको थिएँ । त्यो बेला म सोच्दै थिएँ कि यदि म उठ्न सकिनँ भने के होला ?’

यात्रु र चालक दलका सदस्यहरूले साहसपूर्वक ककपिटमा प्रवेश गरेर विमानमाथि पुन: नियन्त्रण कायम गरेपछि ठूलो विमान दुर्घटना हुनबाट जोगिएको थियो । मछार भन्छन्, ‘जब उनले विमान तल खस्दै गरेको महसुस गरे, उनी ककपिटको भुइँमा थिए। र त्यो क्षणमा मलाई थाहा थियो– अन्तिम एकपटक जोड लगाऊ, स्मित । बस गर। ढोका ठीक त्यहीँ छ । र त्यो बेला पनि उसले मलाई कुटपिट गरिरहेको थियो।’

आफूले ढोका खोलिदिएपछि सबैजना यात्रु आएर आक्रमणकारीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘म यो आफ्नो ज्यान बचाउन गरिरहेको थिएँ, तर सँगै मलाई यो पनि थाहा थियो कि म अरू सबैलाई मर्न दिन सक्दिनथें,’ उनले भने ।