दाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ६ जनाको मृत्यु, ९ घाइते

दाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ६ जनाको मृत्यु, ९ घाइते


ग्लोब नेपाल
0
Shares

नवलपरासी, १७ असोज । महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा ब्रेक फेल भई बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बस शनिबार बिहान पौने ४ बजे ब्रेक फेल भई सडक किनारको नालामा पल्टिएको हो। दुर्घटनामा २ महिला र ४ पुरुषको मृत्यु भएको छ। मृतकहरूको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।