काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको दोस्रो दिन सोमबार छापावाल सुन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर प्रतितोला ४४३० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदीको मूल्यमा गिरावट आएको थियो ।
महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार ९१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७९८ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया