काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको चाडपर्व मितव्ययी ढंगले मनाउन आग्रह गरेका छन् ।
आज एक भिडियो सन्देश जारी गर्दै उनले भोटेकोसीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विषम परिस्थितिमा भड्किलो नगरी सादगीपूर्ण रूपमा चाडपर्व मनाउनु उपयुक्त हुने बताए ।
‘सम्पूर्ण नेपालीहरूले उल्लासका साथ मनाउँदै आएको दसैँ पर्व असत्यमाथि सत्यको विजयको प्रतीकात्मक अर्थ बोकेको पर्व हो। यस पर्वसँगै नेपालीहरूले नयाँ आशा र अपेक्षा साट्ने गर्दछन्। तर यस पटक हामी बडादसैँ मनाउँदै गर्दा देशमा भोटेकोसीको प्रलयकारी बाढीका कारण असाधारण रूपमा मानवीय र भौतिक क्षति बेहोर्नु परेको छ,’ ‘प्रचण्ड’ले भने।
साथै, विभिन्न कारणले गर्दा जनताले फेरि महँगीको मार भोग्नु परिरहेको उल्लेख गर्दै उनले बताएका छन् । ‘बडादसैँ सत्यको विजय र असत्यको पराजयसँग जोडिएकाले समाजमा विद्यमान सबै खाले विसङ्गति, विकृति, अराजकता र निरङ्कुश प्रवृत्तिका विरुद्ध लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताको जितको अपेक्षा गर्नु स्वाभाविक हुन आउँछ।


प्रतिक्रिया