एनपिएलमा आज काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

एनपिएलमा आज काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२:३० र दोस्रो खेल साँझ ५:०० बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ ।

पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।