छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग

छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौं । संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् । 

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पछिल्लो समय देशमा विकसित राजनीतिक घटना र सरकारका कार्यशैलीबारे छलफल गर्नुपर्ने भएको भन्दै छठपछि संसद् बैठक बोलाउन सरकारसँग माग गरेका हुन् ।

नेकपा सांसद युवराज दुलालका अनुसार बैठकमा हालै देशमा भैरहेका पछिल्ला घटनाहरु, स्वतन्त्र न्यायालय र विचौलियाका सम्बन्धहरु, स्वतन्त्र मिडियामाथि सरकारको आतंक र धरपकड, विपद् प्रभावित क्षेत्रको पून निर्माण, बढ्दो महंगीले जनजीवनमा पारेका असर र राष्ट्रियताका विषयमा पेचिला सवालहरु संसदमा छलफल गर्नुपर्ने भएकोले संसद बैठक छठलगत्तै आव्हान गर्न सरकारसॅग माग गर्ने सहमति भएको छ ।

वर्तमान सरकारले राज्यका हरेक संवैधानिक अंग गिजोल्ने, एकपछि अर्को विवादित निर्णय गर्ने गरेकाले पनि त्यसबारे छलफल गर्न संसद् बैठक आवश्यक भएको निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् ।