काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन । आज (सोमबार) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।
‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ । र, केही कुरा पनि गर्यौँ, उनले भने, ‘त्यसक्रममा उहाँले देशको कुरा हो कन्फिल्क्टि अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो । तर लिखित आउन बाँकी छ केहीबेरमा आउँछ ।’


प्रतिक्रिया