सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।