कञ्चनपुरको कृष्णपुरमा ‘कोल्ड स्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले ‘कोल्ड स्टोरेज’ तथा प्याज भण्डारण शेड निर्माण प्रक्रिया अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ५ मा निर्माण गर्न लागिएको भण्डारण संरचनाका लागि जग्गा पहिचान तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए।…