देउवा पक्षमा उभियो कांग्रेस सुदूरपश्चिम संसदीय दल

काठमाडौं । कांग्रेस केन्द्रमा देखिएको विवादकाबीच सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले पार्टीभित्र देखिएको विवादमा सभापति शेरबहादुर देउवाको साथमा रहने निर्णय गरेको छ । ‘पार्टी केन्द्रमा देखिएको विवाद दुःखद हो । हामी सबै सभापति शेरबहादुर देउवाको साथमा उभिने निर्णय भएको छ’ प्रमुख सचेतक विक्रम धामीले भने । कांग्रेस सुदूरपश्चिम संसदीय…