धनगढी। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा प्रहार गरेको थियो। आक्रमणबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ। प्राथमिक उपचारपछि…