काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाकाे सुनुवाइ आज पनि स्थगित भएको छ । लामिछानेका कानुन व्यवसायी आज उपस्थित हुन नसक्ने भएपछि मुद्दाकाे सुनुवाइ स्थगित गरिएको हो ।
चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीमा आफूहरू सहभागी भएका कारण मुद्दाकाे सुनुवाइ स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।
आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
साे मुद्दा पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।


प्रतिक्रिया