रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आई स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताए ।

रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल नवलपरासी पुगेका हुन् ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रामग्राम स्तुप क्षेत्रको महत्वको चर्चा गरे ।