दाङ । विद्यार्थी भिसामा गत असार ७ गते रुस गएका दाङका २३ वर्षीय प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् ।
गरिबीका कारण पढ्ने बहाना बनाएर रुस पुगेका प्रतिक सेनामा भर्ती भएर युक्रेनसँगको लडाइमा थिए । गत असारमा रुस गएका उनी तीन महिनाअघि सेनामा भर्ती भएका थिए । मंसिर १६ गतेदेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेकाले उनको परिवार यतिबेला छोरा सकुशल घर फिर्ता हुन्छ कि हुदैँन भन्ने पिरलोमा छन् ।
रोल्पाको रुन्टिगढीबाट दाङमा बसाइँ सरेका प्रतीकका बाबुको मिर्गौला रोगका कारण ४६ वर्षको उमेरमा मृत्यु भएपछि घरको आर्थिक संकट टार्न छोरा विदेशिएको परिवारले जनाएको छ ।
आमा तिलकुमारीले छोरालाई घर फर्कन आग्रह गरे पनि नमानेका प्रतीक मंसिर १६ गतेदेखि सम्पर्कमा छैनन् । पोर्चगुल जान भिसा एप्लाइ गरेका उनी भिसा रिजेक्ट भएपछि पढ्न र काम गर्न भन्दै रुस गएका थिए ।
प्रतिक्रिया