काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया