पनौतीको चौकोट जंगलमा मानव कंकाल फेला

पनौतीको चौकोट जंगलमा मानव कंकाल फेला



काठमाडौं । काभ्रेपलान्चोकको पनौतीस्थित चौकोट जंगलमा मानव कंकाल फेला परेको छ ।

स्थानीयले घाँस दाउरा काट्न जाने क्रममा मानव अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घडी र मोबाइल पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ ।

अस्थिपञ्जर पनौति ६ बस्ने ५२ वर्षका रामसरण हुमागाईंको रहेको बताइएको छ । उनी ६ महिनादेखि हराएकाे प्रहरीले जनाएको छ ।