हमासले बन्धक बनाएका आफ्नै नागरिकमाथि आक्रमण गर्दा…

हमासले बन्धक बनाएका आफ्नै नागरिकमाथि आक्रमण गर्दा…


ग्लोब नेपाल
189
Shares

इजरायली सेनाले गाजामा जारी सैन्य कारवाहीका क्रममा गल्तीबश हमासले बन्धक बनाएका आफ्नै नागरिकमाथि गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ ।

सैन्य कारवाहीका क्रममा आफ्नै नागरिकलाई चिन्न नसकी आफ्नो संगठनलाई धम्क्याएको भन्ने सोचेर गोली चलाएको इजरायली रक्षा सेनाले जनाएको छ । आफ्नै नागरिकको सुरक्षाका लागि गरिएको भनिएको युद्धमा आफ्नै नागरिक मारिएकोमा सेनाले पश्चताप गरेको छ ।

मारिने तीन जनामा २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन समरिज रहेका छन् । उत्तरी गाजाको सैजैयामा भइरहेको सैन्य कारवाहीमा उनीहरु मारिएका हुन् ।

गत अक्टोबर ७ मा इजरायलमा गरिएको आक्रमणमा क्रममा बन्धक बनाइएका मध्ये अझै १ सय जनाभन्दा बढी अझै पनि गाजामा हमासको कब्जामा रहेका छन् ।

इजरायली डिफेन्स फोर्सले हिजो भएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाप्रति गहिरो पश्चाताप गर्दै मृतकका परिवारलाई समवेदना व्यक्त गरिएको छ । सेनाले आफ्नो मिसन भनेकै बेपत्ताको खोजी गर्नु र सबै बन्धकलाई सकुशल घर फर्काउनु रहेको पुनः दोहोर्‍याएको छ ।