कांग्रेस मधेस प्रदेश सम्मेलनको अतिथिमै लफडा

कांग्रेस मधेस प्रदेश सम्मेलनको अतिथिमै लफडा


ग्लोब नेपाल
972
Shares

काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ ।

नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका छन् । ५ र ६ पुसमा कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन हुदैछ ।

जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति र पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ । कोइरालालाई बेवास्ता गर्दै सम्मेलनमा अतिथिहरूलाई आसन ग्रहण गराउन खोजिएको भन्दै कोइराला पक्षका आठ जना नेताहरूले फरक मत राखेका हुन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो । पार्टीको २५ औं वरियतामा रहेका कोइरालालाई इतर पक्षका प्रदेश सभापति रहेका लुम्बिनी र गण्डकीमा दोस्रो वरियतासहित विशिष्ट अतिथि भएका थिए ।