मन्त्री किराँतीलाई पदबाट बरखास्त गर्न माग

मन्त्री किराँतीलाई पदबाट बरखास्त गर्न माग


ग्लोब नेपाल
513
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको छ । ‘क्रिष्टियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले विरोध भइरहेको हो ।

उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध छाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किराँतीको त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । उनले संस्कृति मन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्री किराँतीलाई तत्काल बरखास्त गर्न माग गरेका छन् । थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै साम्प्रदायिक विद्वेष फैलाउनेलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नैपर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्मिल आदि) करिब ९८ प्रतिशत रहेछ । माओवादी अरु कसैका लागि सेवा दिने मसिनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान हो भनी उल्लेख गरेका छन् ।