गरिमा विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको २९७ औं बैठकले ०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको हो ।

प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

हाल विकास बैंकको चुक्ता पूजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।