प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ: रवि लामिछाने

प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ: रवि लामिछाने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन । आज शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन ।

उनले प्रदेश संरचना बेढंगको भएको बताएका छन । उनले भने, ‘प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन । यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ ।

यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ ।’ उनले प्रदेशले केही नेता र उनीहरुका आफन्तलाई जागिर दिने काम गरेको भन्दै उनले भने, ‘सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चन्छन् तर यसले नतिजा दिँदैन ।’

उनले प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ भनेर एक पटक होइन आफूले धेरै पटक भनेको बताएका छन । उनले सुशासनका सन्दर्भमा रास्वपा निर्मम हुनुपर्ने भन्दै लामिछानेले अहिलेको सरकारले जस्तो भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने पनि बताएका छन ।

उनले भने, ‘मैले गल्ती गरेको छु भने कुनै आयोग गठन गर्नुपर्दैन, च्याप समाउने, हालिहाल्ने, प्रमाण जुटाउने, ‘जो सुकै होस् । पछिमात्रै हेर्ने, ए मेरै मान्छे परेछ भन्ने ।’ उनले रास्वपाले भ्रष्टाचारीलाई बचायो भने सबैभन्दा पहिले पार्टी सदस्यले आफ्नो सदस्यता च्यातेर खबरदारी गर्नुपर्ने बताएका छन ।