काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको मकैको खोया घरमा सजाएर राख्ने घोषणा गरेका छन् ।
पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका ३३ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने घोषणा गरेका हुन् ।
‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको खोयालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ उनले भने, ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् । कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’


प्रतिक्रिया