काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको बताएका छन् ।
आइतवार पार्टी केन्द्रीय कार्यालयमा मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउँदै गलत भाष्यहरूलाई असफल बनाएको बताए । उनले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको भन्दै राजनीतिलाई हिंसा, उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको दाबी गरे ।
उनले भने, ‘सामाजिक एकता बिथोल्ने खालका विभिन्न प्रयास भएका छन् । ती कुरा अबको नागरिक चेतनामा सम्भव छैन । अबको जिम्मेवार राजनीतिक दलहरूले दह्रो खुट्टा टेकेर आफ्नो भिजन राख्नुपर्छ । जनता स्पष्ट छन् । त्यो कुरा यो यात्राले देखाएको छ ।’
ओलीले यात्रामा पातमा समेत खाना खाएको बताए । ‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उनले भने, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो ।’


प्रतिक्रिया