काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ । बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो ।
प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ ।
यसअघि प्राधिकरणले शुक्रबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको हो ।
बिल भुक्तानी गर्न पटकपटक ताकेता भएपनि नतिरेपछि प्राधिकरणले उद्योगहरुको शुक्रबारदेखि लाइन काट्न सुरु गरेको हाे ।
ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ ।
प्रतिक्रिया